Friday, March 15, 2013

जलवायु परिवर्तनको असर विषय अन्र्तक्रिया कार्यक्रम सम्पन्न

नेपाल अविनाश सामाजिक सेवा संस्था आयोजना र यूनाईटेड मिसन टु नेपाल रुपन्देही कल्ष्टरको सहयोगमा देवदह ५ शित्तलनगरमा कृषि तथा पशुपालनमा जलवायु परिवर्तनको असर विषय अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केरवानी गा.वि.स.का सचिव टेकराज भट्टराईले जिल्ला विकास समितीले वातावरण प्रभाव मुल्याङ्कन गरी अवैधानिक रुपमा निकासी हुने ढुङ्गा, गिट्टी तथा वालुवालाई रोक्नुपर्ने वताउनुभयो । उहाले वातावरणलाई असर नहुने गरी वालुवा तथा गिट्टी निकासि गर्ने र सोवाट प्राप्त भएको आम्दानी मध्ये ३० प्रतिशत सोही क्षेत्रमा लगानी गर्न सकेमा यसले पनि जलवायु परिवर्तनलाई केही हद सम्म रोक्न सफल हुने वताउनुभयो । अर्का वक्ता केउलानी पशुसेवा केन्द्रका प्रमुख भोजराज घिमिरेले जिल्ला विकास समितीले कृषि क्ष्ँेत्रलाई वेवास्ता गरेको कुरा उल्लेख गर्दै, अहिले खेतियोग्य जमिनलाई प्लटिङ्ग गर्ने प्रवित्तिले गर्दा पनि माटोको उर्वरा शक्तिमा ह्रास भई जलवायु परिवर्तन असर गर्ने कुरा वताउनुभयो । कार्यक्रममा केरवानी उपस्वास्थ्य चौकीका ईन्चार्ज ईश्वरी ढुङ्गाना, शित्तलनगर ईलाका वन कार्यलयका उपेन्द्र प्रसाद पटेल, राम चन्द्र राव, जिल्ला कृषि विकास कार्यलय रुपन्देहीका मातृका यादव, दयाराम वस्याल, जिल्ला पशु सेवा कार्यलय रुपन्देहीका डा. प्रदिप शर्मा पौडेल, कृषि सम्पर्क केन्द्र करहीयाका कमला खनाल, वातावरण तथा जैविक विविधता मञ्चका केशव प्रधान, केशव गुरुङ्ग लगायतले वोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण युनाईटेड मिसन टु नेपाल रुपन्देही कलष्टरका मनोज काफ्ले, सुरज सोनारले गर्नुभएको थियो । संस्थाका अध्यक्ष सूर्य गिरीको सभापतित्व, कृषि प्राविधिक पिताम्वर खरेलको संचालन र सचिव खडक बहादुर वि.क.को स्वागतमा भएको कार्यक्रमको उद्देश्य माथि संस्थाका कार्यक्रम संयोजक पदम सुन्दर लिम्बुले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा ३१ जनाको सहभागिता रहेको थियो ।

0 comments:

Post a Comment